सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

0

काठमाडौं : नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएका छन् ।

एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका हुन् ।

विगतमा माधव नेपाल समूहमा रहेका शाह र गहतराजले पार्टी विभाजनपछि एमालेमै रहेका छन् ।

बाजुराबाट निर्वाचित शाह ५ फागुन २०७४ मा तत्कालीन नेकपा नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएका थिए ।

पार्टी विभाजनका बेला एमाले स्थायी कमिटिको बैठकको निर्देशन विपरीत शाहले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका थिए ।

Leave A Reply

Your email address will not be published.