संघीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि शुरु हुँदै

0

काठमाडौं : संघीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि शुरु हुँदै छ । बैठक बानेश्वरस्थित संसद भवनमा आज अपरान्ह ४ बजे बस्ने छ ।

संसदको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची रहेको छ ।

यसपटक संघीय संसदमा नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी गरी नयाँ दुई दल थपिने छन् ।

बुधबारको बैठकमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश पेश हुनेछ । त्यसबाहेक शोक प्रस्ताव तथा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको छ ।

संसद्को यस अधिवेशनमा संसदमा पेश भइसकेका १३ वटा अध्यादेशहरु निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेको पनि संसद् सचिवालयले जनाएको छ ।

तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले आजको संसद बैठक चल्न नदिने तयारी गरेको छ । १४ जना सांसदलाई आफ्नो सिफारिस अनुसार कारबाही नगरेको भन्दै एमाले सभामुख अग्निप्रसाद सापकोटासँग रुष्ट छ ।

सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत नराखी संसदको सम्भावित कार्यसूचि सार्वजनिक गरेपछि एमाले थप चिढिएको छ ।

Leave A Reply

Your email address will not be published.