प्रदेश दुईमा एमालेका दश जना सांसदले गरे एकीकृत समाजवादी पार्टीमा सनाखत

0

काठमाडौं : प्रदेश दुईमा नेकपा एमालेका दश जना सांसदले नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

बिहीबार दिउँसो जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर १० जना प्रदेश सांसदले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।

सनाखत गर्नेहरुमा सत्रुधन महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादव छन् । एकजना सांसद डिल्ली उप्रेतीले भने दिल्लीमा उपचाररत रहेकाले पत्रमार्फत सनाखत गर्ने बताइएको छ ।

सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ काठमाडौंमा रहेकाले केही दिनमा सनाखत गर्ने दाबी एकीकृत समाजवादीको छ ।

आफ्नो पक्षमा अहिलेसम्म १३ जना रहेको एकीकृत समाजवादीको भनाइ छ । प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन् । एमालेमै रहँदा माधव नेपालको पक्षमा १३ सांसद् थिए । ती सबै नवगठित दलमा जाने भएका हुन् ।

Leave A Reply

Your email address will not be published.