बहुदलीय जनवादलाई छाडेका छैनौं : माधव नेपाल

0

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रदेश सांसद, जनप्रतिनिधि तथा पार्टीका नेता कार्यकतालाई १० बुँदेको भ्रममा नपर्न आग्रह गरेका छन् ।

बिहीबार एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले १० बुँदे सहमति केपी ओलीको जसरी पनि टाङमुनी छिराएर हुर्मत लिने योजना भएको आरोप लगाउँदै भ्रममा नपर्न आग्रह गरेका हुन् ।

उनले फागुन २८ गते एकतर्फी रुपमा गरिएको बैठक गलत ढङ्गबाट गरिएको भन्ने ओलीमा स्वीकारोक्ति नरहेकाले ओलीमा सुध्रिने कुनै लक्षण नरहेको बताए ।

उनले आफ्नो पार्टी माओवादी केन्द्रसँग गएर विलिन हुन्छ भन्ने भ्रम फैलाइएको भन्दै आफ्नो पार्टी विद्रोह गरेर जन्मिएकाले त्यसको भ्रममा नपर्न समेत उनले आग्रह गरे ।

अध्यक्ष नेपालले भदौ २३ गते अघि मन्त्रीपरिषद विस्तार हुने सम्भावना नरहेको स्पष्ट पारे ।

त्यस्तै उनले जनताको बहुदलीय जनवादलाई नछाडेको भन्दै यसलाई आत्मसात गरेर नयाँ ढङ्गबाट अघि बढ्ने बताए ।

संसद सचिवालयले संसदीय दलको कार्यालय उपलब्ध गराएपछि माधव नेपाल लगायतका सांसदहरु बिहीबार कार्यालय पुगेका थिए ।

संघीय संसद सचिवालयका दलका नेता नेपालको र राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालको कार्यकक्षको व्यवस्था मिलाइदिएको छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले भाद्र ९ गते मान्यता दिएको थियो ।

Leave A Reply

Your email address will not be published.