नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघ्यो

0

काठमाडौं : नेपालमा खोप लगाउनेको संख्या एक करोड नाघेको छ । देशभर पहिलो र पूर्ण मात्रा खोप लगाउनेको संख्या एक करोड ९२ हजार १ सय ६४ जना पुगेको हो ।

दुई करोड १७ हजारमध्ये ५४ लाख २४ हजार ८ सय ३६ जनालाई पहिलो मात्रा र पूर्ण मात्रा लगाउने ४६ लाख ६७ हजार ३ सय २८ जना पुगेको छ । प्रतिशतका हिसाबले पहिलो खोप लगाउने १८ र दुवै खोप लगाउने १५ दशमलब ४ प्रतिशत रहेको छ ।

नेपालमा गत माघदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिएको थियो । सरकारले आगामी चैत मसान्तसम्म उमेर समूहका हिसाबले खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाइसक्ने सरकारको लक्ष्य छ ।

असोज मसान्तसम्म खोप लगाउन योग्य नागरिकमध्ये एक तिहाइलाई खोप लगाइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालले कूल जनसंख्याको ७१ दशमलब ६ प्रतिशत अर्थात २ करोड १७ लाख ५६ हजार ७ सय २३ जनसंख्यालाई खोप लगाउने लक्ष्य लिएको छ ।

अहिलेसम्म एक करोड ३३ लाख भन्दा बढी खोप नेपालले प्राप्त गरिसकेको छ । जसमध्ये १ करोड ९२ हजार १ सय ६४ डोज खोप प्रयोग भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसन र जापानमा निर्मित एस्ट्राजेनेका र स्वीडिस एस्ट्राजेनेका खोप प्रयोग भइरहेको छ।

Leave A Reply

Your email address will not be published.