साईप्रसमा नेपाली विद्यार्थीको दुर्घटनामा परि मृत्‍यु , एकजना युबती गम्भिर घाइते

0

साईप्रसमा ३१ अगस्त मंगलबार मोटरसाईकल दुर्घटनामा परि एक जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । म्रितक संगै रहेकी अर्की युबती गम्भिर घाइते भएकीछिन । साईप्रस प्रहरीले दिएको जानकारी अनुसार मृतक कपिलबस्तु जिल्लाका २४ बर्षिय तुलसी भुसाल रहेको र सर्लाही स्थायी घर भएकी करिब ३० बर्षिया युबती मिरा घिसिङ गम्भीर घाईते भएकी हुन ।

मृतक भुषालको शव अहिले लार्नाकाको सबग्रिहमा राखिएको छ भने घाईते मिरालाई थप उपचारका लागि राजधानी निकोसिया रिफर गरिएको गैर आबासीय नेपाली संघ साइप्रसका अध्यक्ष कुन्दन कार्कीले जनाउनु भएकोछ ।

कार्कीका अनुसार म्रितक भुसालका परिवारसँग संपर्क भएको र निजी खर्चमा लास नेपाल ल्याउन आर्थिक अवस्थाले सम्भब नभएकोले, साइप्रसमा सक्रिय नेपाली संघसंस्थाहरुलाई लास नेपाल पठाउन सहयोग गरिदिन परिवारले अनुरोध गर्नु भएकोछ ।

आज दिनभर साइप्रसका लागि नेपाली अबैतनिक दुत डा, रामजीबन पंजियारको परामर्श अनुसार स्थानिय प्रहरी सँग संपर्क , नेपाली दुताबास इजरायलको समन्वयमा म्रितकका आफन्तजन सँग संपर्क, कानुनी परामर्श र घाइते नेपाली चेलीको उपचार सहजतामा सहयोग गरेको र साइप्रसमा सकृय सामाजिक संघ संस्थाको सहकार्यमा लास नेपाल पठाउन भोलीबाट काम सुरु गर्ने पनि कार्कीले बताउनु भएकोछ ।

नेपाली अबैतनिक दूत डा. पन्जियारले स्वर्गीय भुषालको शव साईप्रसको कानुनी प्रक्रिया पुर्याएर परिवारको सहमतिमा नेपाल पठाउन सकिने जानकारी गराउनु भएकोछ ।

साइप्रसको नेपाली समुदायमा परेको यस घटनालाई सबै एकजुट भएर समाना गर्नका लागि सम्पूर्ण साइप्रसबासी दाजुभाइ दिदिबहिनीहरुलाई गैर आबासिय नेपाली संघ साइप्रसले अनुरोध गरेकोछ ।

Leave A Reply

Your email address will not be published.