कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि हुने

0

काठमाडौं : कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले भदौ ३० गते देखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा होम सेन्टरबाटै सञ्चालन हुने बोर्डले जनाएको छ ।

संगीत, ललितकला र संस्कृत विषय समूह  तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सञ्चालन गर्न लागिएको बोर्डले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

बोर्डले स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि गत जेठमा हुने भनिएको परीक्षा साउनका लागि तय थियो । साउन ३१ गतेदेखि शुरु गर्ने भनिएको परीक्षा कोभिड संक्रमण जोखिमका कारण स्थगित भएको थियो । 

Leave A Reply

Your email address will not be published.