सेना फिर्ता गर्नुको विकल्प थिएन : बाइडेन

0

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्नुको विकल्प नभएको बताएका छन् ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको भोलिपल्ट राष्ट्रको नाममा सम्बोधन गदै बाइडेनले अफगानिस्तानमा विगत २० वर्षदेखि तैनाथ आफ्ना सेना फिर्ताको निर्णय गलत नभएको जिकिर गरेका छन् ।

सम्बोधनकै क्रममा राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरी तालिबानलाई सत्ता सुम्पेको भन्ने आरोपको भने बचाउ गरे ।

अमेरिकी हितका लागि त्यहाँबाट सेना फिर्ता गरेको भन्दै उनले २० वर्षे सैन्य अभियान सफल भएको दाबी गरेका हुन् ।

सैन्य अभियानका क्रममा अफगानिस्तानमा अमेरिकाको करोडौं डलर खर्च भएको पनि उनले बताए ।

अफगानिस्तानमा दशकौं पहिले हुने गृहयुद्ध अमेरिकाका कारण रोकिएको भन्दै बाइडेनले आफनो देशमा शान्ति कायम राख्न सम्बन्धित देश आफैं जिम्मेवार हुनुपर्ने बताए ।

२० वर्षअघि अफगानिस्तान प्रवेश गरेका अमेरिकी सैनिक सोमबार मध्यराति त्यहाँबाट पूर्णरुपमा बाहिरिएका हुन् ।

Leave A Reply

Your email address will not be published.