बेल्जियमका बाढि पीडितलाई सहयोग गर्न आग्रह

0

गत महिना आएको बाढिले क्षतिग्रस्त बेल्जियमको नामुर र वालोनी ब्राबान्त क्षेत्रका बासिन्दाले घरबास, आफन्त गुमाएर पिडामा छन । चालिस बढीको ज्यान लिने गरि आएको बाढिले पीडित भएका त्याँहाका मानिसहरुलाई अझै धेरै सहयोगको खाचो रहेकोछ ।


यसै अवस्थाबाट आहत बेल्जियमको गेन्ट निबासि नेपाली चेली निशा गुरुङले आफ्नो जन्मदिनमा आफुलाई उपहार नदिएर बाढि पीडितलाई सहयोग गर्न आग्रह गरिन । आफन्त साथीभाई र परीचितहरुबाट आएको जन्मदिनको उपहारमा आफुले केही रकम थप गरेर गत हप्ता घर घर पुगेर गुरुङले सहयोग बितरण गरेकीछिन ।

अकस्मात जीबनमा आईपरेको प्राक्र्तिक बिपत्तिले हासो गुमाएका स्थानीय बासिन्दाले बुद्द जन्मेको देशका मानिसले ढोका ढोकामा ल्याएर दिएको खाद्य पदार्थ र अन्य उपयोगी समान लिए पछि सहानुभुति र सहयोगका लागि ह्रिदयदेखि क्रितज्ञता प्रकट गरेको निशा बताउछिन ।


निशा सहित प्रबेश शर्मा र बिबेक गुरुङको टोलिले राहत बितरण गरेर फर्किए पछि अझ धेरै र स्ठायी काम लाग्ने सामान सहयोग गरिदिन स्थानीयले अनुरोध गरेका थिए । दोश्रो चरणमा घर मर्म्मत गर्न काम लाग्ने सामानहरु सहयोग गर्ने अभियानमा रहेको उनिहरुको समुह सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई यस कार्यमा हातेमालो गरिदिन अनुरोध गरिरहेका छन । सहयोग गर्ने चाहना हुनेहरुले सिधै निशा गुरुङलाई संपर्क गरि सहयोग गर्न सक्नु हुनेछ ।

Leave A Reply

Your email address will not be published.