जयसिंह धामी बेपत्ता भएको एक महिना हुँदा पनि सत्यतथ्य बाहिर आएन, समितिद्वारा प्रतिवेदन बुझाउन ढिलाइ

0

काठमाडौं : दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको एक महिना वित्दा पनि सरकारले सत्यतथ्य बाहिर ल्याउन सकेको छैन ।

सरकारले साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्व रहेको समितिले तेस्रो पटक म्याद थप गरेर अनुसन्धान गर्दा पनि निष्कर्षमा पुग्न सकेको छैन ।

समितिको तेस्रो पटक थप गरिएको समय समेत आज सकिँदैछ । तर प्रतिवेदन तयार नभएको भन्दै गृह मन्त्रालयले समितिको म्याद थप गर्ने तयारी गरेको छ ।

भारतीय सशस्त्र सीमा बलले तुइन खुुस्काइदिएपछि धामी नदीमा बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् । तर सरकारले भारतसँग यो विषयमा कुराकानी र कुटनीतिक पहल समेत गरेको छैन ।

यसबीचमा सरकारले धामीको परिवारलाई दश लाख रुपैयाँ राहत दिने निर्णय गरेपनि अरु काम केही गरेको छैन ।

साउन १५ गते सदरमुकाम खलङ्गा जाने क्रममा तुइन तर्दै गर्दा एसएसबीको जवानले डोरी फुकालिदिएपछि धामी बेपत्ता भएका थिए । सत्ता साझेदार दल, नागरिक समाज र स्थानीयले घटनाको वास्तविकता छिटो वाहिर ल्याउन माग गरेका छन् ।

Leave A Reply

Your email address will not be published.