२० वर्षपछि अमेरिकाले पूर्णरुपमा छाड्यो अफगानिस्तान

0

एजेन्सी : अमेरिकी सेनाले झन्डै २० वर्षपछि अफगानिस्तान छाडेको छ । काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानवाट वासिङटन फर्केका हुन् ।

यसअघि नै अमेरिकी राष्ट्रपति जो बाइडनले अगष्ट ३१ भित्र अमेरिकाबाट फौज फिर्ता गर्ने बताएका थिए । योसँगै तालिवानले अफगानिस्तान कब्जा गरेपछि सुरु भएको सैन्य उद्धारका साथै २० वर्षदेखिको अमेरिकाको अफगानिस्तान मिसन समाप्त भएको छ ।

अन्तिम अमेरिकी विमान बाहिरिएसँगै, तालिबानहरूले काबुलको रात्रिकालीन आकाशमा रातो प्रकाश छरेर अनि मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएका छन् ।

अन्तिम अमेरिकी फौज फर्किएपछि प्रतिक्रिया दिँदै तालिबानका एकजना प्रवक्ताले अफगानिस्तानले पूर्ण रूपमा स्वतन्त्रता हासिल गरेको बताएका छन् ।

पेन्टागनमा पत्रकार सम्मेलन गर्र्दै फिर्ती अभियानको सुपरिवेक्षण गरेका जनरल फ्याङक मकेन्जीले तोकिएको समयसीमाभित्र उद्धार हुन नसकेका व्यक्तिहरूको कूटनीतिक ढङ्गबाट उद्धार प्रयास जारी राखिने बताए ।

अफगानिस्तान छाड्न चाहनेहरूको आवतजावतको सुनिश्चितताका लागि तालिबानहरूसँग निरन्तर रूपमा कूटनीतिक तहबाट वार्ता गरिनुपर्ने उल्लेख गरेका छन् ।

पछिल्लो दुई हप्ताभन्दा थोरै बढी अवधिमा अमेरिकी, अरू विदेशी र अफगान गरी लगभग १ लाख २० हजार जनालाई उद्धार गरेको छ ।

सन् २००१ को सेप्टेम्बर ११ मा ट्विट टावरमा आतंकवादी आक्रमण भएपछि अमेरिकाले अफगानिस्तानमा आक्रमण शुरु गरेको थियो ।

अमेरिकी आक्रमणमा ओसामा विन लादेन तथा उनका थुप्रै अल कायदाका समर्थक मारिएका छन् ।

अफगानिस्तानमा दुई दशकमा २४ सय जना अमेरिकी सुरक्षाकर्मीले समेत ज्यान गुमाएका छन् । अमेरिकी सेना फिर्तासँगै अफगानिस्तानमा नयाँ अनिश्चित अध्याय सुरु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.