जाजरकोटको ईतिहास र संस्कृति नामक पुस्तक बिमोचन

0

तिलक बाबू , भाद्र १३ कोहलपुर ,

जिल्ला समन्वय समिती जाजरकोटका प्रमुख मन बहादुर रावल द्वारा लिखित, ”जाजरकोटको ईतिहास र संस्क्रिती” नामक पुस्तकको बिमोचन सम्पन्न भएकोछ । पूर्व शिक्षक रहेका रावलद्वारा लिखित पुस्तकमा जाजरकोटको सामाजिक बिकासक्रम र नेपालको एकिकरण देखि आज सम्मको जाजरकोट राज्य र जाजरकोट जिल्लाको बिरासत र बर्तमान अवस्थालाई समेटिएकोछ ।

नलगाड नगरपालिकाको सभाहलमा शनिबार दिउसो आयोजित एक औपचारिक कार्यक्रमका बिच जाजरकोट र रावल वंशावलीको इतिहासमा आधारित पुस्तकको जेष्ठ नागरिक कर्ण बहादुर रावलको हातबाट बिमोचन गरिएको हो।

जाजरकोट जिल्ला समन्वय समिती प्रमुख र नेकपा माओबादी नेता रावलले बि स २०१४ सालमा जाजरकोटको लँहमा जन्मिएर आईएड सम्मको अध्ययन गरि करिव ३ दशक शिक्षण पेशामा समेत सेवा गर्नु भएको थियो।

जीवनको यथार्थता वर्तमान नै हो, बिगतले जिवनका सिकाइलाई सुसूचित गर्न मद्दत गर्दछ। भुतकालिन बिषयबस्तु जान्न र बुझ्नका लागि बालबालिका देखि वृद्वबृद्वालाई कौतुहलता हुने जानकारी दिदै जाजरकोटको ईतिहास संरक्षण र प्रबर्द्धनमा विशेष भुमिका खेलिरहेको साथै आगामी दिनमा थप निरंतरता दिने रावलको भनाइछ ।

गणतन्त्र स्थापना अघि सम्म नेपाल सरकारबाट जाजरकोट, सल्यान , बझाङ र मुस्ताङले राज्यको मान्यता, सम्मान पाएका थिए । चारवटै राज्यका राजपरिवारले राजभत्ता र अन्य राजकीय सम्मान पाउने गरेका थिए । नेपाल एकिरणमा बाइसे चौबिसे राज्यमा पश्चिमको शक्तिशाली तत्कालिन जाजरकोटी राजपरिवारलाई राजकीय सम्मान कायम राख्दै एकिकरण गर्ने सम्झौता भएको थियो ।

नेपाल एकिकरण देखि आज सम्मको अवस्था र जाजरकोटका रावलहरुको बंशावलि पुस्तकमा समेटिएकाछन ।

Leave A Reply

Your email address will not be published.