नेपाललाई योगेशको जवाफ : आफैंसँग भएकालाई अध्यक्षा बनाएर उदाहरण देखाउनुस्

0

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आफ्नैलाई अध्यक्ष बनाएर उदाहरण देखाउन सुझाव दिएका छन् ।

अध्यक्ष नेपालले हिजो एक कार्यक्रममा आफ्नो पार्टीमा आए अध्यक्ष पद दिने बताएपछि भट्टराईको पछिल्लो प्रतिक्रिया आएको हो ।

नेता भट्टराईले आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुनेथियो भन्दै नेपाललाई कटाक्ष गरेका हुन् ।

नेता नेपालले भट्टराई लगायतका दोस्रो पुस्ताले घचेटेर अघि बढाएको र पार्टी फुटाउने बेला भागेको आरोप लगाएका थिए ।

नेपालले आफूलाई छाडेर एमालेमै बसेका दोस्रो तहका १० जना स्थायी कमिटी सदस्यको समेत आलोचना गरेका थिए ।

No description available.
Leave A Reply

Your email address will not be published.