कांग्रेस महाधवेशन : थप पाँच जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक

0

काठमाडौं : नेपाली कांग्रेसले १४ औं महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँचीको क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको हो ।

क्रियाशील सदस्यताको नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिले जनाएको छ ।

समितिले यसअघि बिहीबार ३८ जिल्ला र शुक्रबार १० जिल्लाका गरी कुल ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको थियो ।

क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेसँगै कांग्रेसमा महाधिवेशको माहोल देखिएको छ । नवीकरण र नयाँ गरी करिब नौ लाख क्रियाशील सदस्य रहेका छन् ।

कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ ।

यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

Leave A Reply

Your email address will not be published.