प्रदेश २ मा मन्त्रीहरुको जिम्मेवारी हेरफेर

0

काठमाडौं : प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका हुन् । 

त्यस्तै आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी शैलेन्द्र साहलाई दिइएको छ । साहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हादै आएका थिए । 

मुख्यमन्त्री राउत र अर्थ मन्त्री यादवबीच प्रदेश सरकार गठनदेखि नै असमझदारी हुँदै आएको छ । यादवले मुख्यमन्त्री राउतलाई बजेट विनियोजन, नीति तथा कार्यक्रम र अन्य आर्थिक गतिविधिमा अवरोध गर्दै आरोप लाग्दै आएको थियो ।

पार्टी अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री राउतकै सल्लाहमै दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.