प्रबिधि, पारदर्शिता र नेपाली एकताको संगठन बनाउने एजेन्डा सहित एनआरएनए सह-कोषाध्यक्ष लोक दाहालको कोषाध्यक्षमा उम्मेदवारी

0

गैर आबासीय नेपाली संघको दशौ महाधिबेशनमा संघका बर्तमान सहकोषाध्यक्ष लोक दाहालले कोषाध्यक्ष पदमा आफ्नो उम्मेद्वारिघोषणा गर्नु भएकोछ । केही दिनमा आगामी कार्ययोजना सहित् औपचारिक उम्मेद्वारि घोषणा गर्ने तयारी रहेको बताउदै दाहालले एनआरएनएमा आफ्नो सकृयता, कृयाशिलता र निरन्तरताका लागि सहकोषाध्यक्षबाट कोषाध्यक्षमा पदोन्नति हुन तयारी गरिरहेको चारदिशा सँग बताउनु भएकोछ ।

भद्रगोल चलिरहेको संगठनको आर्थिक प्रणालीलाई बर्तमान कार्यकालमा ब्यबस्थित गर्नको लागि निकै मिहिनेत गरेको र त्यसको निरन्तरताका लागि एक तह माथि बसेर संगठनलाई आफ्नो उर्जा र इमान्दारिताले योगदान गर्नको लागि आफ्नो उम्मेद्वारि आबस्यक रहेको दाहालको भनाईछ ।

गैर आबासीय नेपाली संघ बेल्जियमको महासचिब, अध्यक्ष हुँदै केन्द्रीय सहकोषiध्यक्षको जिम्मेवारिलाई संस्थागत मर्यादा र निष्ठापूर्वक निभाएका दहाललाई संगठनका अग्रज र समकालिनहरुको समर्थन रहेको उनको दाबि छ । सबै सँग मिलेर काम गर्न सक्ने र पाएको जिम्मेवारिलाई इमान्दारिता पूर्वक सम्पन्न गर्न सक्ने ब्यक्तिका रुपमा दाहालको एनआरएनहरुमा परिचय कायम भएकोछ ।

विश्वका बिभिन्न देशमा मानबीय सेवा र अन्य कल्याणकारि कामका लागि ख्याती कमाएको बेल्जियमका डाक्टरहरु लगायतका स्वयमसेबिहरुको संस्था ‘भ्लाम्स मेडिकलका’ कार्यकारी सदस्य दाहालले नेपाल लगायत एसिया र अफ्रिकाका बिभिन्न देशमा परोपकारि काम गर्नु भएकोछ ।

आफ्नै मिहिनेत र इमान्दाइरिताले सफल ब्यबासायिको रुपमा स्थापित भएका दाहाल संगठनमा पनि पदीय जिम्मेवारिलाई संस्थाको उन्नति र प्रगतिका लागि प्रयोग गर्ने संस्कार बसाल्न अत्यन्त जरुरी भएको र त्यसका लागि कडा अनुशासन कायम गर्नु आबस्यक रहेको बताउनु हुन्छ ।

आम प्रबासी नेपालीहरुमा एनआरएनए प्रतिको भरोशामा कमि आएको वास्तविकतालाई स्वीकारेर बिधि बिधान, आर्थिक पारदर्शिता र नेत्रित्वमा इमान्दारिता कायम गर्नको लागि कोषाध्यक्षको जिम्मेवारि लिन चाहेको र त्यसका लागि बिबेकशिल एनआरएनहरुको समर्थन रहने कुरामा विश्वस्त रहेको बताउनु हुन्छ ।

बिगत दुई वर्षमा सुरु गरिएका आर्थिक नीतिलाई संस्थागत गर्ने , आर्थिक रुपमा संस्थालाई आत्मनिर्भर र पारदर्शी बनाउने परिवर्तनकारी योजना सहित छिट्टै औपचारिक उम्मेदवारी घोषणाको तयारी भैरहेकोछ ।

Leave A Reply

Your email address will not be published.