बेल्जियमका बाढि पिडितहरुका लागि एनआरएनको सहयोग

0

सनत आचार्य, बेल्जियम ,

बेल्जियम गैरआवासीय नेपाली संघ बेल्जियमले बेल्जियमको दक्षिणी भाग वालोनिया क्षेत्रमा आएको बाढि पिडितहरुका लागि रेडक्रस मार्फत २५०० आर्थिक सहयोग प्रदान गरेको छ । गत जुलाईको दोश्रोसाता आएको अविरल बर्षाका कारण भएको जनधनको क्षतीलाई मध्यनजर गर्दै संघले सहयोग प्रदान गरेको हो ।

उक्त सहयोग विहिवार लुभेनमा आयोजित एक कार्यक्रममा एनआरएनए बेल्जियमका अध्यक्ष खड्गबहादुर केसीले लुभेनका मेयर मोहम्मद रिडवानीलाई चेक मार्फत सहयोग रकम हस्तान्तरण गर्नु भएको छ ।

आर्थिक सहयोग लिदै मेयर रिडवानीले बेल्जियममा आएको प्राकृतिक दुःख पिडामा प्रवासी नेपालीहरुले गरेको आर्थिक सहयोगको प्रशंसा गर्दै आफुहरुले पनि महाभुकम्पको बेला नेपाललाई सक्दो सहयोग गरेको स्मरण गर्नु भयो । बिपद्मा दुई देशका नागरिकहरुले सहयोग आदानप्रदान गर्नु राम्रो कुरा भएको उल्लेख गरेकोमा सन्तुष्टि व्यक्त गर्दै मेयर रिडवानीले लुभेनमा १६७ देशका मानिसहरु बसोवास गर्ने र त्यसमध्ये नेपालीहरुले होटल तथा रेष्टुरेण्ट व्यवसायमा राम्रो लगानी र थुप्रै रोजगारीको अवसर सृजना गरेले यो नेपाली समुदाय आफुहरुको लागि बिशेष भएको बताउनु भयो । उहाँले आपत–विपतमा मिलेर काम गर्दा सन्तुष्टि मिल्ने र राम्रो हुने सुझाब पनि दिनु भयो ।

त्यस्तै संघका अध्यक्ष केसीले प्रवासमा बस्ने नेपालीहरुले आफ्नो कर्मथलोमा आएको दैवीय प्रकोप तथा पिडामा भावनात्मक रुपले जोडिएर स्वस्फुर्त रुपमा थोरै र बिशेष सहयोग गरेकोमा दाता तथा सहयोगीहरु प्रति आभार प्रकट गर्नु भयो । अध्यक्ष केसीले मातृभूमि र कर्मभूमिलाई सहयोग गर्ने सबैको साझा दायित्व भएको बताउदै यो बेला रकम भन्दा पनि भावना र उदेश्य ठुलो रहेको बताउनु भयो । उहाँले पवित्र काममा आफुहरुले सहयोग गर्न पाउँदा उत्साहित बनेको बताउनु भयो ।

राहत संकलन समितिका संयोजक एवं संघका कोषाध्यक्ष पुष्प नेपालले थोरै समयमा पनि संघका पंजिकृत सदस्य र अन्य शुभचिन्तक सहयोगी प्रवासी नेपालीहरुले अधिकतम २०० देखि न्यूनतम १० युरोसम्म बाढि पिडितहरुका लागि सहयोग गरेको जानकारी दिनु भयो । उहाँले यो सहयोग छोटो अवधीमा प्रवासी नेपालीहरुले गरेको र अझै आफुले प्रतिबद्धता जनाएको केही रकम कोषमा जम्मा हुन बाँकी रहेको जानकारी दिदै सबै रकम आएमा अझ बढि सहयोग गर्न सकिने जानारी दिनु भयो । नेपालले हाल रेडक्रस मार्फत बाढि पिडितहरुको सहयोग गर्ने अभिप्रायले हाल २५०० को चेक मेयर मार्फत प्रदान गरिएको चेक प्रदान गरिएको र बाढि ग्रस्त क्षेत्रमा खाध्यान्ह् लगायत अन्य राहत सामग्री तत्काल वितरण गरिने जानकारी दिनु भयो ।

स्मरण रहोस संघले तत्काल सहयोग गर्न कोषाध्यक्ष पुष्प नेपालको संयोजकत्वमा समिति गठन गरी अर्थ संकलन अभियानलाई अगाडी बढाएको थियो । गत जुलाई दोश्रो साता बेल्जियमको दक्षिणी भेग वालोनियामा आएको बर्षाका कारण ३७ जनाको मृत्यु भएको थियो भने अझै ४ जना बेपत्ता रहेको सरकारी तथ्याङ्क छ । त्यस्तै उक्त बाढिमा हज्जारौ घरहरु डुवानमा परेका थिए । उक्त क्षेत्रमा अझै उद्धार र सहयोग कार्य जारी छ ।

बेल्जियमका प्रधानमन्त्रीले आलेक्स आन्दर डे क्रोले समेत अन्तर्राष्ट्रिय समुदायलाई समेत सहयोग गर्न अपिल गरेका थिए । विहिवार मात्र नेपाली युवाहरुको एक समुह डुवान क्षेत्रमा गई घरहरु भित्र जमेको लेदो र माटो फालेर सहयोग समेत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.