एनआरएन चुनावमा कुल आचार्य र बद्रि केसी बिच प्रतिस्पर्धा, युरोपमा सहमतिका आधारमा उम्मेदवार तय गर्ने आचार्य समर्थकहरुको तयारी

0

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं विश्व सम्मेलनमा आगामी कार्यकाल २०२१-२०२३ को लागि नेतृत्व चयन हुँदैछ ।

आगामी १० अक्टोबरमा हुने चुनावमा यसपटक एनआरएनएको अध्यक्षमा सल्लाहकार कुल आचार्य र उपाध्यक्ष बद्रि केसीबीच मुख्य प्रतिस्पर्द्धा हुने देखिएको छ । अमेरिका, अष्ट्रेलिया, युके लगायतका ठूला एनसीसीहरुमा प्रजातन्त्रवादी उम्मेदवारहरु ठूलो बहुमतका साथ विजयी भएकाले आचार्यको जित सुनिश्चित रहेको आकलन गरिएकोछ ।

यसै बीच आचार्य नेतृत्वको समावेशी समूहबाट युरोप क्षेत्रमा उम्मेदवारी दिन छलफल भै रहेको एक विश्वस्त सूत्रले जनाएको छ। सूत्रका अनुसार युरोप संयोजकमा चिन्तामणि सापकोटा, शुक्र राज न्यौपाने, सुवास जोशी (सन्तोष) एकराज गिरी र गुणराज शर्मा मध्ये एक जना, त्यस्तै उप संयोजकमा दयानिधि सापकोटा, विजय मोक्तान, भिम कमल केसी, सागर सुबेदी , मनहरी शर्मा र सागर लामा मध्ये ३ जनालाइ उम्मेदवार बनाउन छलफल जारी छ।

“हामी छिट्टै सर्वसम्मतिका आधारमा हाम्रो उम्मेदवारहरु सार्वजनिक गर्छौं । सबै साथीहरुलाई धैर्य गरि दिनुहुन अनुरोध पनि गर्दछौं,” सहमति बनाउन काम गरिरहेका आचार्य समूह निकट एक अभियन्ताले भने।

यसै बीच जर्मनीमा लामो समयदेखि बसोबास गर्दै आएका एनआरएन जर्मनीका पूर्व अध्यक्ष एबम आईसिसी पूर्व संरक्षक दिल गुरुङले आगामी चुनावमा कुल आचार्य समूहलाई विजयी बनाउन अपिल गरेका छन्। “हालै सम्पन्न एनसीसी चुनावहरुमा एमआइएस सिस्टमको दुरुपयोग गरि एकलौटी गर्ने काम भएको छ। केन्द्रको चुनावमा पनि त्यहि दोहोराउन खोजियो भने मान्य हुने छैन,” उनले भने।

गुरुङले एनसीसीहरुलाई नियन्त्रण गर्न भन्दा स्वायत्त र स्वावलम्वी बनाउने एजेन्डालाई संस्थागत गराउन संघर्ष गरि रहेका सल्लाहकार आचार्यलाई खुलेर सघाउन सबै एनसीसीहरुलाई आह्वान पनि गरेका छन्।

Leave A Reply

Your email address will not be published.