सरकारद्वारा ५ करोड ३० लाख मात्रा खोप सुनिश्चत, हालसम्म कतिले लगाए खोप ?

0

काठमाडौं : कोरोना संक्रमणबाट बच्न तथा संक्रमण नियन्त्रणका लागि खोप नै महत्वपूर्ण मानिएको छ । जसका कारण नेपाल सरकारले खोप कार्यक्रमलाई निरन्तरता दिईरहेको छ । साथै सरकारले कोरोना विरुद्धका ५ करोड ३० लाख मात्रा खोपको सुनिश्चितता समेत गरेको छ । 

हालसम्म नेपालमा कोभिसिल्ड, भेरोसेल, जेन्सोन एण्ड जेन्सोन, अस्ट्राजेनिका खोप प्रयोगमा आईसकेका छन् । यी खोपहरु मध्ये प्रदेश १ मा अष्ट्राजेनिका र कोभिसिल्डको पहिलो मात्रा लगाउनको संख्या ३ लाख १४ हजार १ सय १७ तथा दोस्रो मात्रा लगाउनेको संख्या ६१ हजार २ सय ९ रहेको छ ।

यसैगरी भेरोसेलको पहिलो मात्रा लगाउने ३ लाख ५६ हजार २ सय ९४ तथा दोस्रो मात्रा लगाउनको संख्या ७५ हजार १ सय १८ छ । यसैगरी जोन्सोन एण्ड जोन्सोन खोपको लगाउनको संख्या १ लाख ९० हजार ३ सय ३७ रहेको छ ।

त्यस्तै प्रदेश २ को तथ्यांक हेर्दा कोभिसिल्ड र अष्ट्राजेनिका खोप लगाउनेको संख्या ३ लाख २२ हजार ९ सय ११ तथा दोस्रो मात्रा लगाउनको संख्या ४६ हजार ३ सय ५८ छ । भेरोसेलको पहिलो मात्र लगाउनको संख्या ३ लाख २४ हजार ६ सय ५६ तथा दोश्रो मात्रा लगाउनको संख्या ७८ हजार ४ सय ९७ रहेको छ । यसैगरी जोन्सोन एण्ड जोन्सोन खोप लगाउनकोे संख्या २ लाख ७० हजार ४९ रहेको छ ।

बागमती प्रदेशमा कोभिसिल्ड र अष्ट्राजेनिकाको पहिलो मात्रा खोप लगाउने ५ लाख ५७ हजार ९ सय २० तथा दास्रो मात्रा लगाउने ३ लाख ६२ हजार २ सय २६ रहेको छ । यसैगरी बागमती प्रदेशमा भेरोसेलको पहिलो मात्रा लगाउनको संख्या १२ लाख ८७ हजार ९ सय १६ तथा दास्रो मात्रा लगाउनेको संख्या ८ लाख ५७ २ सय ४७ छ । साथै जोन्सोन एण्ड जोनसोन खोप लगाउनेको संख्या ३ लाख ३६ हजार १ सय ४५ रहेको छ ।

यो स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्ने देशभर कोभिसिल्डको पहिलो मात्रा लगाउनको संख्या २० लाख ५१ हजार ७७ तथा दोस्रो मात्रा लगाउनको संख्या १० लाख ५९हजार ७ सय ७८ छ ।

यसैगरी देशभर भेरोसेलको पहिलो मात्रा लगाउने ३० लाख १२ हजार ४ सय ४५ तथा दास्रो मात्रा लगाउने १६ लाख ४५ हजार २ सय ३८ रहेको छ ।

त्यस्तै जोन्सोन एण्ड जोन्सोन खोप लगाउनेको संख्या कुल १३ लाख ४७ हजार ७ सय ४९ रहेको छ । सरकारले चैत मसान्त सम्म सबै नागरिकलाई खोप लगाई सक्ने लक्षय समेत राखेको छ ।

Leave A Reply

Your email address will not be published.