काबुल आक्रमण : मृत्यु हुनेको संख्या ९० पुग्यो

0

एजेन्सी : अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलअगाडि बिहीबार साँझ भएका दुई विस्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुगेको छ ।

विस्फोटमा परी २ सय भन्दा बढी घाइते भएका छन् । गम्भिर घाइते धेरै रहेकाले मृतकको संख्या बढनसक्ने बताइएको छ । ज्यान गुमाउनेमा १३ जना अमेरिकी सैनिक समेत रहेका छन् । १२ सैनिक घाइते भएका छन् । हमलामा तालिबानका कम्तीमा पनि २८ सदस्य मारिएका छन् ।

इस्लामिक स्टेटको एक सहयोगी संगठनले यो हमलाको जिम्मेवारी लिएको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुलमा ९० जना भन्दा धेरैको ज्यान जाने गरी बम हमला गर्नेहरुलाई माफ नगर्ने र उनीहरुलाई खोजेरै छाड्ने वाचा गरेका छन् ।

अफगानिस्तानमा तालिवानको कब्जापछि देश छोड्न आतुर मानिसहरुलाई लक्षित गरी बिहीबार साँझ बम हमला भएको थियो ।

बम हमलामा ठूलो मानवीय क्षति भए पनि अमेरिकाले गरिरहेको हवाई उद्धार कार्य जारी नै रहने पनि राष्ट्रपति बाइडनले बताएका छन् ।

अफगानिस्तान छाड्ने अमेरिकी सैनिकहरुको अगस्टभरिको म्याद सकिँदै गर्दा तीव्र गतिमा चलिरहेको बहिर्गमन प्रक्रियालाई प्रभावित पार्ने गरी यी विस्फोटहरु भएका हुन् ।

बिहीबारको विस्फोटमा ज्यान गुमाउनेमा बालबालिकाहरु पनि छन् ।

Leave A Reply

Your email address will not be published.