भदौ १८ गते नै सबै जिल्लामा वडा अधिवेशन गर्नुपर्ने पौडेल पक्षको जोड

0

काठमाडौं : नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महाधिवेशन प्रक्रियामा देखिएका व्यवहारिक कठिनाई समाधानका लागि पहल गर्ने निर्णय गरेको छ । 

पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारेस्थित निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले तोकिएकै मितिमा महाधिवेशन गर्ने वातावरण बनाउन सभापति शेरबहादुर देउवासँग निर्णायक छलफल गर्ने निर्णय गरेको हो ।

बैठकले क्रियाशील सदस्यता सम्बन्धी विवाद यथाशिघ्र टुङ्ग्याएर सबै जिल्लामा भदौ १८ गते नै वडा अधिवेशन गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ । 

पार्टी महाधिवेशनको पहिलो प्राथमिकता भनेको मतदाता नामावली रहेकाले क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने आफूहरुको माग रहेको कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदिश नरसिङ केसीले बताए ।

कांग्रेस क्रियाशील सदस्यको विवाद मिलिसकेको भनिए पनि पौडेल पक्षका जिल्ला सभापतिहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना तथा अनशनसहितका आन्दोलनका कार्यक्रम गरिरहेका छन् । 

उनीहरुले क्रियाशील सदस्यता विधि र विधान अनुसार सच्याएर सूची अविलम्ब सार्वजनिक गर्नु पर्ने लगायतका माग राखेका छन् ।

Leave A Reply

Your email address will not be published.