जनवादी गायक जेबी टुहुरेको निधन

0

काठमाडौं : जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार उनको निधन भएको हो ।

केही दिनअघि मतिष्कघात भएर टुहुरेलाई अस्पताल भर्ना गरिएको थियो । आफ्नै निवासमा लडेपछि उनलाई अस्पताल भर्ना गरिएको हो । तर, भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको अवस्थामा सुधार आउन सकेको थिएन ।

७८ वर्षीय टुहरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । २० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन् ।

उनको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भई’ बोलको गीत सर्वाधिक लोकप्रिय छ ।

सुनसरीको धरानमा जन्मिएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक संविधानसभा सदस्य बनेका थिए ।

Leave A Reply

Your email address will not be published.