प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए शपथ

0

काठमाडौं : प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले शपथ लिएका छन् । उनी आजै एमालेको प्रदेश १ संसदीय दलका नेता चयन भएका थिए । 

आचार्यलाई  प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको रूपमा शपथ गराएका हुन् ।

आचार्यलाई हालका मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा संसदीय दलको नेता बनाइएको थियो । आचार्य दलको नेता चयन भएपछि राईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । 

Leave A Reply

Your email address will not be published.