प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन, मुख्यमन्त्रीमा नियुक्त गरिँदै

0

काठमाडौं : नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ संसदीय दलको नेता चयन भएका छन् ।

वर्तमान मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएसँग आचार्य एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएका हुन् । मुख्यमन्त्री राईले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । यो सँगै आचार्यलाई बिहीबार नै प्रदेश १ को मुख्यमन्त्री बनाइँदैछ ।

यसअघि माधवकुमार नेपाल समूहमा लागेका उनी एमालेमै बसेपछि प्रदेश १ को मुख्यमन्त्री हुन लागेका हुन् । आचार्य यसअघि संसदीय दलमा अहिलेका मुख्यमन्त्री राईसँग पराजित नेता हुन् ।

प्रदेश १ मा हाल सभामुखसहित एमालेबाट ५१ जना सदस्य रहेका छन् । पछिल्लो अवस्थामा एमाले फुटेर नेकपा एकीकृत समाजवादी पार्टी बनेको छ ।

माधव नेपाल अध्यक्ष रहेको यो पार्टीमा एमालेका कति प्रदेश सभा सदस्य लाग्छन् भन्ने यकिन भएको छैन । यद्यपि ५१ सदस्यमध्ये कम्तीमा १० जना एकीकृत समाजवादीमा जाने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.