अफगानिस्तानबाट हालसम्म ७७० नेपाली स्वदेश फर्किए

0

काठमाडौं : तालिबानले अपगानिस्तान कब्जा गरेपछि हालसम्म ७ सय ७० नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार जोर्डन एभिएसनको उडानबाट एक सय तीन नेपाली काठमाडौं फर्किएका छन् ।

त्यस्तै कतार यएरको उडानबाट ९ जना समेत गरि १ सय १२ हिजो स्वदेश फर्किएका हुन् ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लन्डन र नयाँ दिल्लीमा रहेका नेपालीहरुलाई काठमाडौंसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको सरकारले जनाएको छ ।

काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन–अवतरण हालसम्म खुला नभइसकेकाले नेपालले आफ्नै विमान पठाएर त्यहाँ रहेका नेपालीको उद्धार गर्ने अवस्था नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अहिलेका लागि नेपालले अन्य मुलुकहरुको सहयोगमा नै आफ्ना नागरिकलाई उद्धार गर्नुको विकल्प नरहेको बताइएको छ ।

अफगानिस्तानमा करिब १ हजार ५ सय नेपाली रहेको अनुमान गरिएको छ । तर कति नेपाली त्यहा कार्यरत छन भन्ने यकिन तथ्यांक सरकारले समेत उपलब्ध गराउन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.