नेपाल र ठाकुरको दल दर्ताका लागि आयोगले सनाखत गर्दै

0

निर्वाचन आयोगले माधव नेपालको नेतृत्वमा प्रस्ताव गरिएको नयाँ पार्टी नेकपा एकिकृत समाजवादीमा आवद्ध गरिएका केन्द्रीय सदस्य तथा सांसदहरुको आज सनाखत गर्दैछ ।

आयोगले दल दर्ता प्रयोजनका लागि निवेदनमा हस्ताक्षर गरेका नेताहरुलाई आज नागरिकताको प्रमाणपत्रसहित आयोगमा उपस्थित हुन भनेको छ ।

बिहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म आवश्यक संख्यामा सांसद/केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्नुपर्ने हुन्छ ।

सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने आयोगले जनाएको छ । भारतमा उपचाररत् झलनाथ खनालको हकमा कसरी सनाखत गर्ने भन्नेबारे आयोगले केही बताएको छैन । आज सनाखत सकेर आजै दल दर्ता गर्ने निर्वाचन आयोगको तयारी छ ।

माधव नेपालको दल दर्ता भएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्नुपर्ने भएकोले निर्वाचन आयोगले झण्डै ४५ दिन लाग्ने दल दर्ताको प्रक्रिया छोट्याएर फाष्ट ट्र्याकबाट काम अघि बढाएको हो । यसैगरी महन्थ ठाकुरकाे दल दर्ताकाे सनाखत पनि आयाेगले आजै गर्ने भएकाे छ ।

Leave A Reply

Your email address will not be published.