ओलीको आक्रोश : घरघरबाट मान्छे उठाएर तीन दिनदेखि रिसोर्टमा थुनेर राखियो

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ पार्टी दर्ताका लागि माधव नेपालहरु सनाखत गर्न निर्वाचन आयोग पुगेकै समयमा पत्रकार सम्मेलन गरी आफ्नो आक्रोश पोखेका छन् । 

उनले अध्यादेश जारी गरेको प्रति प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुखदेखि माधव नेपालका विरुद्धमा आक्रोश पोखे ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल समूहले आफ्ना सांसदहरूलाई बलजफ्ती अपहरण गरी तीन दिनदेखि थुनेर राखेको आरोप लगाए । ओलीले भने घरघरबाट मान्छे उठाएर तीन दिनदेखि रिसोर्टमा लगेर थुनेर राखेको आरोप लगाए ।

एमाले फुटाउनकै लागि सरकारले अध्यादेश ल्याएको आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले संविधानको मर्म र राष्ट्रिय आवश्यकता नभइ एमाले विभाजनको उद्देश्य राखेर अध्यादेश ल्याइएको बताए । उनले आफ्नो सरकारले ल्याएको अध्यादेश अहिलेको अध्यादेश कानूनी राजनीतिक हिसाबले उस्तै नभएको बताए ।

अध्यक्ष ओलीले सभामुख अग्नि सापकोटा एमाले विभाजनमा सामेल भएको आरोप लगाए । माओवादीले टोपबहादुर रायमाझी, लेखराज भट्ट र प्रभु साहको कारवाही तत्काल सदर गर्ने सभामुखले एमालेले गरेको कारवाही अगाडि नबढाउनु आपत्तिपूर्ण भएको उनले बताए ।

अध्यक्ष ओलीले एमाले छाडेर गएका नेता तथा कार्यकर्ताहरुलाई एमालेमै फर्कन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

ओलीले २०७७ पुस ५ देखियता संसदले कुनै काम नगरेको बताए । ओलीले पुस ५ मा आफ्नो नेतृत्वको सरकार संसद विघटन गर्दा संसदलाई काम गर्न दिएन भनेर आरोप लगाउनेले संसदबाट के गरे भनी प्रश्न गरे । उनले कोही पनि निर्विकल्प नहुन अनुकुल समयमा नेतृत्व हस्तान्तरण गर्ने बताए ।

Leave A Reply

Your email address will not be published.