सभामुखविरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्ति संवैधानिक व्यवस्थाविरुद्ध : सत्ता गठबन्धन

0

काठमाडौं : सत्तारुढ गठबन्धनले सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति आक्रोश व्यक्त गरेको छ ।

माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) सहति सत्तारुढ गठनबन्धनमा रहेका दलका प्रमुख सचेतक, सचेतकहरुको बैठकले कार्यकक्षमा सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको हो ।

प्रमुख प्रतिपक्ष दलका नेता र सांसदहरुले सभामुखविरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्ति संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध भएकाले भन्दै संवैधानिक मर्यादाको ख्याल गर्न आग्रह गरिएको छ ।

बैठकपछि सत्तारुढ नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक गुरुङ, जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादव, जनमोर्चाकी संसदीय दलका नेता दुर्गा पौडेल र नेकपा (एकीकृत समाजवादी)का प्रतिनिधि जीवनराम श्रेष्ठले जारी गरेको संयुक्त वक्तव्यमा नेकपा (एमाले)का सांसदहरुले सभामुखको कार्यकक्षमा संसदीय मर्यादा विपरितका गतिविधि गरेको दावी गर्दै निन्दा र भत्सर्ना समेत गरिएको छ ।

Leave A Reply

Your email address will not be published.