कांग्रेस संस्थापन इतर पक्षले सहमतिमा साझा उम्मेद्वार उठाउने

0

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको वडा अधिवेशन शुरु हुनु अगावै सो समुहबाट साझा उमेदवार तय गर्ने भएको छ ।

पौडेलपक्षका सभापतिका आकांक्षी नेताहरुले वडा अधिवेशन अगावै सभापतिको साझा उमेदवार तय गर्ने सहमति गरेका हुन् ।

काठमाडौंको वत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा पौडेल समूहका सभापतिका आकांक्षीसहितका नेताहरु छलफलमा जुटेका थिए ।

छलफलमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डाक्टर रामशरण महत, बलबहादुर केसी, सुजाता कोइराला र डाक्टर शेखर कोइराला लगायतका नेताहरु सहभागी थिए ।

साझा उमेदवार तय गर्नका लागि निरन्तर छलफल गर्ने पनि नेताहरुका बीचमा सहमति भएको बताइएको छ । आकांक्षीहरु धेरै हुँदा पौडेल समूहलाई महाधिवेशनमा उम्मेदवार टुंगो लगाउन कठिन भएको छ ।

कांग्रेसले आगामी मंसिर ९ देखि १३ मा केन्द्रीय महाधिवेशन गर्ने गरी १८ भदौबाट तल्ला तहको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

Leave A Reply

Your email address will not be published.