अफगानिस्तानबाट हालसम्म ५०४ नेपालीको उद्धार

0

काठमाडौं : अफगानिस्तानबाट हालसम्म पाँच सय भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार साँझसम्म ५ सय ४ जना स्वदेश फर्केका हुन् ।

मन्त्रालयका अनुसार थप ३ सय ५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् ।

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारको काम मन्त्रालयले गरिरहेको छ ।

विद्रोही तालिबान समूहले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा अलपत्रमा परेका ८ सय २१ नेपाली सम्पर्कमा आएका छन् ।

उद्धारका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग तथा नेपाली राजदूतावास, नयाँदिल्लीबाट समेत सम्पर्क भैरहेको र काबुलस्थित सम्पर्क व्यक्तिको रूपमा सहयोग गरिरहेका भएका सुरेशचन्द्र शर्माले बाँकी नेपालीको उद्धार कार्यमा समन्वय तथा सहजीकरण गर्दे आएको मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.