काबुलमा जारी उद्धारमा संलग्न हुन गैरसैनिक विमानलाई अमेरिकाको निर्देशन

0

एजेन्सी : अमेरिकाले अफगानिस्तानका मानिसहरूको उद्धारका लागि गैरसैनिक वायुसेवाका विमानहरूको पनि प्रयोग गर्ने भएको छ ।

सैन्य विमानबाट मात्रै उद्धार सम्भव नदेखिएपछि उसले गैरसैनिक विमानहरू उद्धारमा खटाउन मिल्ने नियम ‘सीआरएफ’ क्रियाशील गराउने घोषणा गरेको हो ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ वटा विमानले अफगानिस्तान बाहिरका सुरक्षित स्थानबाट मानिसहरूलाई तेस्रो देशमा पुर्‍याउने जानकारी दिएको हो ।

उद्धारमा युनाइटेड एयरलायन्सका चार, अमेरिकी एयर, एट्लस एयर, डेल्टा एयर र ओम्नी एअरका तीन–तीनवटा र हवाइयन एयरका दुई बिमान प्रयोग हुनेछन् ।

सीआरएफ क्रियाशील गराउँदा सैनिक विमानहरूलाई काबुल भित्र र बाहिरको कारबाहीमा सहयोग पुग्ने बताइएको छ । यी विमानहरू काबुलमा भने अवतरण नहुने बताइएको छ ।

अमेरिकी राष्ट्रपति जे बाइडेनले दुई दर्जनभन्दा बढी देशमा उद्धार गरिएका व्यक्तिको परीक्षणका लागि केन्द्रहरू बनाइएको जानकारी दिएका छन् ।

यस्तो नियम सन् २००३ को इराक युद्ध, सन् १९९० देखि १९९१ सम्मको खाडी युद्धमा पनि लागू गरिएको हो ।

तालिबानले सत्ता कब्जा गरेपछि हजारौँ अफगानहरू देशबाट भागेर सुरक्षित ठाउँमा जान काबुल विमानस्थलमा जम्मा हुँदा उद्धारमा चुनौती देखिएको छ ।

अघिल्लो हप्ता अमेरिकाले झन्डै २८ हजार जनाको उद्धार गरेको छ । विमानस्थलमा २० जनाको मृत्यु भएको छ । तिमध्ये धेरैको किचिएर ज्यान गएको हो ।

Leave A Reply

Your email address will not be published.