कांग्रेसले टुंग्यायो क्रियाशील सदस्यतासम्बन्धी विवाद, सभापति देउवालाई प्रतिवेदन बुझाइँदै

0

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले आज प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाउने भएको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिले सभापति देउवालाई प्रतिवेदन बुझाउन लागेको हो ।

अपरान्ह पाँच बजे बालुवाटारमा सभापति देउवालाई प्रतिवेदन बुझाउने समिति सदस्यहरुले जानकारी दिएका छन् । समितिका सदस्यहरुले सदस्यतासम्बन्धी विवादमा सहमति जुटेको दाबी समेत गरेका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकले विवादित क्रियाशील सदस्यता सम्बन्धी काम सहमतिमै टुंग्याउने जिम्मेवारी सिटौला, रिजाल र लेखकलाई दिएको थियो ।

बारा, सप्तरीलगायत छ जिल्लामा क्रियाशील सदस्यता विवाद थियो । कांग्रेसले यसअगाडि लेखककै नेतृत्वमा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति बनाएर छानविन गरिएको थियो । क्रियाशील विवादकै कारण भदौमा हुनुपर्ने कांग्रेस महाधिवेशन मंसिरमा पुगेको छ । त्यसका लागि भदौ १८ मा वडा अधिवेशन हुनेछ ।

Leave A Reply

Your email address will not be published.