आज जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै

0

काठमाडौं : आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व, धुमधामका साथ मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा पर्व मनाउने प्रचलन छ ।

यस दिन आत्मशुद्धि र शरीरको रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ । दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै दिदी बहिनीले आफ्ना दाजुभाइलाई नाडीमा राखी बाँध्ने समेत चलन छ ।

त्यस्तै स्नान गरी ब्राह्मणले मन्त्रेको जनै पनि लगाउने चलन छ । जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, चना, सिमी, बोडी लगायत नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ ।

बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायत धार्मिक क्षेत्रमा श्रद्धालु भक्तजनको घुईंचो लागेको छ ।

Leave A Reply

Your email address will not be published.