म एमालेमै छु : वामदेव गौतम

0

काठमाडौं : नेकपा एमालेका नेता वामदेव गौतमले आफू एमालेमै रहेको बताएका छन् । गौतमको सचिवालयले उनी नेकपा एकीकृत समाजवादी पार्टीमा लागिसकेको र मन्त्री बन्ने तयारीमा रहेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेको चर्चाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नुलाई विज्ञप्तीमा चरित्र हत्याको संज्ञा दिइएको छ ।

गौतम एमालेमै रहेपछि नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि राख्दै आएको मतभेद भने कायमै रहेको विज्ञप्तीमा उल्लेख छ ।

केही दिनअघि नेपाल समूहले गौतम पनि एकीकृत समाजवादी पार्टीमा सहभागी हुने दाबी गरेको थियो ।

गौतम लामो समयदेखि पार्टी अध्यक्ष केपी ओली र नेपाल पक्षविच एकता कायम गर्ने अभियानमा सक्रिय रहेका छन् ।

Leave A Reply

Your email address will not be published.