अफगानिस्तानमा अन्य देशले आफ्नो इच्छा लाद्न हुँदैन : पुटिन

0

एजेन्सी : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानमा अन्य देशले आफ्नो इच्छा लाद्न नहुने बताएका छन् । जर्मन चान्सलर एङ्गेला मर्केलसँग भेटपछि मस्कोमा पत्रकारसँग कुरा गर्दै उनले अन्य देशले अफगानिस्तानमा हस्तक्षेप गर्न नमिल्ने बताएका हुन् ।

त्यस क्रममा राष्ट्रपति पुटिनले तालिबानले आफ्नो प्रतिबद्धता पूरा गर्ने विश्वास व्यक्त गरेका छन् । चरमपन्थीहरूलाई अफगानिस्तानबाट निकाल्नु र अन्य देशमा फैलिनबाट रोक्नु महत्वपूर्ण कुरा भएको उनको भनाइ छ ।

अफगास्नितानको परम्पराविपरीत त्यहाँ राजनीतिक र सामाजिक व्यवस्था थोपर्नु कति हानिकारक हुने पुटिनले उल्लेख गरेका छन् । विगतमा अफगानिस्तानमा कुनै पनि राजनीतिक र सामाजिक प्रयोग सफल नभएको पनि उनले स्मरण गराए ।

तालिबानले युद्ध अन्त्य भएको घोषणा गरिसकेको र नागरिक र कूटनीतिज्ञहरूको सुरक्षा सुनिश्चित गर्ने आश्वासन दिएकाले ति कुरा कार्यान्वयन हुने विश्वास समेत पुटिनले व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.