माधव नेपालको पार्टीको नाम फेरियो, अब ‘नेकपा एकीकृत समाजवादी’

0

काठमाडौं : माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि प्रस्ताव गरेको नाम संशोधन गरेको छ ।

यसअघि नेकपा एमाले समाजवादी नाम राखिएको अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने गरि निवेदन संशोधन गरेको हो ।

नेता राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् ।

यसअघि नेपालले प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी) नाम मूल पार्टीसँग जुधेको भन्दै निर्वाचन आयोगले अस्वीकार गर्न सक्ने भएकाले नाम संसोधन गरेको नेताहरुले बताएका छन् ।

त्यस्तै, ९५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएकोमा सोको संख्या बढाएर १ सय १५ पुर्‍याइएको छ । चुनाव चिन्हको बारेमा भने अझै निर्णय भइसकेको छैन ।

नयाँ पार्टीका लागि ‘खुला किताव’ चुनाव चिन्ह प्रस्ताव गरिएको थियो । तर, त्यो अर्को पार्टीसँग मिलेपछि त्यसमा विवाद सिर्जना भएको थियो ।

Leave A Reply

Your email address will not be published.