पाँच विकास क्षेत्रलाई प्रदेश बनाऊ : मैनाली

0

काठमाडौं, ६ भदौ । नेकपा मालेका महासचिव सीपी मैनालीले पँच विकास क्षेत्रलाई प्रदेशमा रुपान्तरण गर्नु पर्ने बताउँदै, मुलुकको अखण्डतालाई जोगाउन पनि पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउन अवश्यक भएको दावी गरेका छन ।
‘अहिले निर्माण गरिएका ६ प्रदेश होस् या ७ प्रदेश यी वैज्ञानिक छैनन् , ‘मुलुकको भूगोल नबुझि बनाईएका प्रदेशले देशलाई हानी मात्र गर्छ।’ उनले भने । ‘विगतबाट राम्रा कुरा सिक्न र लिन सक्नुपर्छ,’भन्दै देश अखण्ड राख्ने र देश बुझ्ने कुरामा राजतन्त्र अगाडि भएको उनले बताए । ‘मुलुकमा बाह्य शक्तिकेन्द्रको प्रभाव रहेको, बताउँदै महासचिव मैनालीले भने -‘प्रमुख दलहरु विदेशीको प्रभावमा परेर काम गर्दा संविधानसभा फितलो बन्न पुग्यो।’ २०१३-१४ साल तिर वीपी कोइरालाले संविधानसभाको निर्वाचन गर्ने सन्दर्भमा विदेशी चलखेललाई ध्यान दिनु पर्छ , भनेको कुरा यतिबेला सान्दर्भिक लागेको वताए । आइतबार ईमेज एफएमसंग कुरा गर्दै मैनालीले भने – ‘मुलुकमा संविधान नचाहने शक्तिहरु सक्रिय रहेका कारण ठूला दल गम्भिर भएर संविधानजारी गर्न तर्फ लाग्न जरुरी छ ।’ ‘धर्मका नाममा राजनीति गर्नु भन्दा पनि धार्मिक स्वतन्त्रतामा सहमति गर्नुपर्ने उनले बताएका छन ।’

Leave A Reply

Your email address will not be published.