बन्दको उपत्यकामा आंशिक प्रभाव

0

काठमाडौं, ६ भदौ । नेपाल आदिवासी जनजाति महासंघले गरेको बन्दले काठमाडौं उपत्त्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ । नीति गाडी फाट्ट फुट्ट चलेपनि सार्वजनिक यातायातका साधान चलेका छैनन । प्रहरीले सुरक्षा ब्यवस्था निकै कडा पारेको छ । काठमाडौमा ४२ जना बन्दकर्तालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अनामनगर स्थित भाटभटेनी सुपरमार्केट नजिकै गुडिरहेको गाडिमा आइतबार विहानै एक्कासी आक्रमण भएको छ । नेपाल यातायातको बा १ ख ७३४४ नं को यात्रुबाहक गाडिमा आक्रमण भएको हो । बन्दको दिन चलाएको भन्दै आक्रमण भएको बताइएको छ । पहिचानमा आधारमा प्रदेशहरुको सीमांकन गर्नु पर्ने, आदिवासी जनजाति आयोग गठन गर्नु पर्ने लगायतको माग राख्दै जनजाति महासंघले बन्द गराएको छ ।
बन्दलाई संघीय समाजवादी फोरमले पनि समर्थन जनाएको छ । बन्द गराउँदै हिडेका केही बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अरुण पूर्णका नौ जिल्ला भने बन्दको दोहोरो मारमा परेका छन् । आफूहरुसँगको सहमति कार्यान्वयन नगरी पहिचान बिनाको प्रदेश निर्माण गरिएको भन्दै संघिय लिम्वुवान पार्टी नेपालले पूर्वका नौ जिल्ला बन्दको आह्वान गरेको हो । बन्दको दोहोरो मारमा सुनसरी, मोरङ, झापा, इलाम, पांचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम र धनकुटा जिल्ला परेका हुन् । थारु संघर्ष समितिको बन्दका कारण पश्चिमी जिल्ला पनि बन्दको दोहोरो मारमा छन् ।

Leave A Reply

Your email address will not be published.