सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय

0

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने निर्णय गरेको छ । 

मंगलबार ललितपुरमा बसेको एमाले स्थायी कमिटी बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

बैठकले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै विरोध गरेको उनले बताए ।

एक दर्जन भन्दा बढी अध्यादेशमाथि छलफल गर्नुपर्नेमा एक महिनाभन्दा बढी संसदलाई बिजनेशबिहिन बनाएर बैठक अन्त्य गर्नुले सरकारले आफु र गठबन्धन आवद्ध दलहरुबाट संसदबाट बारेमा संसदका बारेमा यसअघि भनिएका विषय आडम्वरमात्र भएको उनले बताए ।

गठबन्धनले विगतमा सार्वजनिक रुपमा दिएका अभिव्यक्ति र सार्वजनिक न्युनतम कार्यक्रममा गरिएका प्रतिवद्धतालाई पनि धज्जी उडाएको उनको भनाइ छ ।

बैठकले अफगानिस्तानबाट नेपालीहरुको स्वदेश फिर्ताका लागि सरकार उदासिन र गैरजिम्मेवार देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको ज्ञवालीले बताए ।

Leave A Reply

Your email address will not be published.