दल विभाजनसम्बन्धी अध्यादेश कुनै हालतमा मान्य हुँदैन : ओली

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश कुनै हालतमा मान्य नहुने स्पष्ट पारेका छन् ।

मंगलबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अध्यादेश जारी नगर्न र जारी भए कार्यान्वयन गर्न नहुने स्पष्ट पारेका हुन् ।

ओलीले अहिलेको गठबन्धन नामको सरकार असंवैधानिक, गैरकानूनी, जनादेश विपरीतको र आपराधिक उद्देश्यका साथको सरकार भएको आरोप लगाए ।

ओलीले षड्यन्त्रपूर्वक गलत मनशायका साथ अनैतिक प्रयोजकनका लागि संसदको अधिवेशन अन्त्य गरिएको भन्दै निन्दा गरे । संसद अधिवेशन रोकेर १२ घण्टा नबित्दै कालो र षड्यन्त्रपूर्वक दल विभाजको अध्यादेश सरकारले ल्याएको भन्दै उनले आक्रोश व्यक्त गरे ।

ओलीले तत्काल अध्यादेश फिर्ता लिन माग गरे । उनले आफ्नो पार्टी फुटाउन कांग्रेस लगाएतका दलहरु लागेको भन्दै अध्यादेश खारेज नभए वा एमाले फुटेमहङ्गो पर्ने चेतावनी दिए ।

अहिलेको सरकारले प्रतिपक्षीमाथि दमन गर्न खोजेको भन्दै अब एमाले चूप लागेर नबस्ने उनले बताए । पार्टी एकताका लागि आफुले अधिकतम लचकता अपनाएपनि अर्को पक्षले एक पछि अर्को अडान लिएका कारण समस्या भएको उनले बताए ।

बैठकले आफ्नो पार्टी फुटाउने गरी नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको अध्यादेशको चर्को विरोध गर्दै अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ ।

यस्तै बैठकले तीन दिन भित्र संसद बैठक बोलाउनसमेत माग गरेको छ । त्यस्तै बैठकले अफगानस्थानमा रहेका नेपालीहरुका सहज उद्धारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै भूतपूर्व गौर्खा सैनिकको समस्या समधान गर्न कुटनीटिक पहल गर्न पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको एमाले अध्यक्ष ओलीले बताए ।

Leave A Reply

Your email address will not be published.