प्रदेश २ को प्रमुखमा हरिशंकर मिश्र नियुक्त

0

काठमाडौं : प्रदेश नम्बर दुईको प्रदेश प्रमुखमा पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता हरिशंकर मिश्र नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मिश्रलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

महोत्तरीको पिपरा गाउँपालिका पिपरा बस्ने उनी नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् । मिश्र नेपाली कांग्रेसबाट सांसदमा समेत निर्वाचित भएका थिए ।

केपी ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश झा अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

शेरबहादुर देउवा सरकारले झालाई हटाएर मिश्रलाई नियुक्त गर्न सोमबार सिफारिस गरेको थियो ।

Leave A Reply

Your email address will not be published.