सरकारले बेलायतमा अनशनरत भूपू गोर्खाहरुलाई हतोत्साहित गर्ने काम गर्‍यो : भीम रावल

0

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले बेलायतमा अनशनरत भूतपूर्व गोर्खा सैनिकहरुलाई हतोत्साहित गर्ने गतिविधि गरिरहेको आरोप लगाएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उपाध्यक्ष रावलले सरकारले भूतपूर्व गोर्खाहरुको माग पूरा गराउनका लागि कूटनीतिक पहल गर्दै उनीहरुको जीवन रक्षा गर्न सरकारले पहल गर्नुपर्नेमा परराष्ट्र मन्त्रालयले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई लेखेको पत्रमा गोर्खाहरु आमरण अनशन बस्नुपर्ने होइन भनेर लेखिएको भन्दै आपत्ति जनाए । 

उनले भूतपूर्व गोर्खाहरुको हकहितको निम्ति सरकार अग्रसर हुनुपर्नेमा उल्टै हतोत्साहित गराएको बताए । 

उपाध्यक्ष रावलले भूतपूर्व गोर्खाहरु १० दिन देखि आमरण अनशन बसिरहेकाले स्वास्थ्यस्थिति बिग्रिएको भन्दै तत्काल उच्चस्तरिय वार्ता समिति गठन गरेर बेलायत सरकारसँग वार्ता गर्न पनि सरकारलाई सचेत गराए ।

Leave A Reply

Your email address will not be published.