प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

0

काठमाडौं : प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ । 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेकी हुन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको पत्र पढेर सुनाएका थिए ।

सर्वोच्चले पुनर्स्थापना गरेपनि पुनः शुरु भएको प्रतिनिधिसभा बैठक औपचारिकतामा मात्र सीमित भएको छ । प्रतिनिधि सभाको चालू अधिवेशनमा कुनैपनि नयाँ विधेयक दर्ता नभएको र राष्ट्रियसभामा उत्पत्ति भै पारित भएर आएका ७ वटा विधेयकहरु सम्बन्धी उक्त सभाको सन्देशको जानकारी सभामा गराइएको सभामुख सापकोटाले बताए ।

त्यसैगरी यस अधिवेशनमा सभाका अघिल्ला अधिवेशनहरुबाट विभिन्न चरणमा रहेका जम्मा ३७ वटा विधेयकहरु प्राप्त भएका थिए । जसमध्ये ‘कारागार विधेयक, २०७६’ का सम्बन्धमा सम्बन्धित समितिबाट सभामा प्रतिवेदन पेश भएको सभामुखले जानकारी दिए ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको गत असार २८ गतेको फैसलाले पुनः ब्युँताइदिएको थियो । साउन ३ गते आइतबार प्रारम्भ भई सोमबारसम्म जम्मा २९ दिन बैठक चालु रहेको थियो ।

Leave A Reply

Your email address will not be published.