राष्ट्रसंघद्वारा अफगानिस्तानका छिमेकी मुलुकलाई सीमा खुला गर्न आग्रह

0

एजेन्सी : संयुक्त राष्ट्र संघले अफगानिस्तानका सिमावर्ती राष्ट्रहरुलाई सीमा खुला गर्न आग्रह गरेको छ । अफगानिस्तानमा विद्रोही तालेबानले केन्द्रमा कब्जा बढाउँदै लगेपछि राष्ट्रसंघले विस्थापित हुन सक्ने नागरिकको जीवन रक्षाका लागि यस्तो आग्रह गरेको हो ।

तालिबानले कब्जा जमाएका ठाउँबाट विस्थापित हजारौँ अफगानिहरु सुरक्षित जीवनका लागि राजधानी काबुल भित्रिरहेका छन् । सेभ द चिल्ड्रेनका अनुसार काबुलमा आश्रय खोजिरहेका हजारौँ मानिसहरु सडकमा सुत्न बाध्य छन् ।

पछिल्लो समय काबुल भित्रिएकामध्ये ७२ हजारभन्दा बढी बालबालिका रहेका छन् । राष्ट्रसंघले द्वन्द्वग्रस्त ठाउँबाट विस्थापित नागरिकहरुका चरम खाद्य संकट बढ्दै गएको जनाएको छ ।

तालिबाल बिद्रोहीले शुक्रबारमात्रै कान्दहर शहर नियन्त्रणमा लिएका थिए ।

अमेरिकाले तीन महिनाभित्र अफगानिस्तानमा तालिबानले पकड जमाउने अनुमान गरेको छ । अमेरिका नेतृत्वको नेटो सेना करिब २० वर्षपछि अफगानिस्तानबाट हटेलगत्तै तालिबानले आफ्नो पकड विस्तार गर्दै लगेको हो ।

पछिल्लो एक महिनामा मात्र अफगानिस्तानमा एक हजारभन्दा बढी सर्वसाधारण मारिएका छन् ।

Leave A Reply

Your email address will not be published.