अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दहार पनि कब्जा गरेको तालिबानको दाबी

0

काठमाडौं : अफगान सरकारी वार्ता सदस्यहरुले देशमा भएको लडाइँ अन्त्यका लागि तालिबानलाई सत्ता साझेदार सम्झौताको प्रस्ताव गरेका छन् ।

आक्रमण अन्त्य गरी देशमा शान्ति स्थापनाका लागि सरकारले तालिबान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको हो । अफगान सरकारले कतारको मध्यस्थतामा एक प्रस्ताव पेश गरेको बताइएको छ ।

यसैबीच तालिबानले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहारलाई कब्जा गरेको दाबी गरेको छ । यसलाई तालिबानको अहिलेसम्मकै ठूलो सफलता मानिएको छ । कुनै समय तालिबानको गढ मानिएको यो शहर व्यापारको हब रहेका कारण रणनीतिकरुपमा निकै महत्वपूर्ण मानिन्छ ।

बिहीबार अफगानिस्तानले थप शहरहरूमा आफ्नो प्रभुत्व कायम गर्न सफल भएको छ । हालसम्म तालिबानले ११ प्रान्तीय राजधानी आफ्नो कब्जामा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अमेरिकाले आफ्नो २० वर्ष लामो अपरेसन समाप्त गर्दै सेना फिर्ता बोलाएसँगै तालिबानले अफगानिस्तानमा आफ्नो प्रभुत्व जमाउन शुरु गरेको हो ।

बिहीबार तालिबानले हेरात, घाजनी र क्वाला–इ–न शहरमा समेत कब्जा जमाएको छ ।

Leave A Reply

Your email address will not be published.