प्रधानमन्त्रीमा देउवा नियुक्त भएको एक महिना पूरा, मन्त्रिपरिषद्ले अझै पाएन पूर्णता

0

काठमाडौं : सर्वोच्च अदालतको आदेश अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको शुक्रबार एक महिना पूरा भएको छ ।

अदालतको परमादेशपछि देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

सरकार गठनको एक महिना बिते पनि देउवाले अझै मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । कांग्रेस र माओवादी केन्द्रका दुई–दुई मन्त्री र कांग्रेसका एक राज्यमन्त्रीको भरमा सरकार सञ्चालन भैरहेको छ । प्रधानमन्त्री आफैले १७ वटा मन्त्रालयको जिम्मेबारी लिएर काम गरिरहेका छन् ।

सत्ता साझेदार दलहरुबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटन नसक्दा मन्त्रिपरिषद विस्तार हुन नसकेको बताइएको छ ।

कांग्रेस, माओवादी केन्द्र र जसपामा मन्त्रीका आकांक्षी धेरै हुँदा पनि उनीहरुले सरकारले जाने सांसदको नाम तय गर्न सकेका छैनन् ।

सत्ता गठबन्धनको घटन एमालेको माधव नेपाल समूह समेत सरकारमा सहभागी हुने अपेक्षमा मन्त्रिपरिषद विस्तार गर्न प्रधानमन्त्री देउवाले ढिलाइ गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.