काठमाडौं र तराईका बढी जनघनत्व भएका शहरमा खोप अभियान

0

काठमाडौं : सरकारले अब काठमाडौं र तराईका बढी जनघनत्व भएका शहरमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले काठमाडौँ र तराईका बढी जनघनत्व भएका शहर र विद्यार्थी तथा युवाहरुलाई प्राथमिकतामा खोप दिने योजना रहेको बताएका हुन् ।

राज्यमन्त्री श्रेष्ठले विभिन्न खालका व्यवसाय धेरै हुने क्षेत्रमा समेत प्राथमिकताका साथ खोप लगाइने बताए । यस्तै हाल धेरै संक्रमण रहेको १५ वटा जिल्लालाई प्राथामिकता दिएर खोप लगाइने समेत बताए ।

त्यस्तै राज्यमन्त्री श्रेष्ठले अघिल्लो सरकारको पालामा ९७ लाख खोप प्राप्त भएको बताए । उनले असार मसान्तसम्म ९७ लाख खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिए ।

नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुर्‍याएको उनले जानकारी दिए । हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने गरेको राज्यमन्त्री श्रेष्ठको भनाइ थियो ।

३३ प्रतिशत जनतालाई खोप लगाउने सरकारको लक्ष्य हुँदा ५ करोड ५० लाख डोज खोप आवश्यक पर्ने समेत उनले बताए ।

Leave A Reply

Your email address will not be published.