गगन थापाको प्रश्न- राति ८ बजेपछि कोरोना बढ्ने अध्ययन कहाँको हो ?

0

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले राति ८ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाउने जिल्ला प्रशासन कार्यालयको निर्णयमाथि प्रश्न उठाएका छन् ।

उनले ८ बजेपछि काठमाडौंलगायतका ठाउँमा कोरोनाको संक्रमण बढ्ने र बिहान घट्ने कहाँको अध्ययन हो भन्दै प्रश्न गरेका हुन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले भने, ‘८ बजेपछि काठमाडौंलगायत ठाउँहरूमा संक्रमण बढ्दै जाने अनि बिहान संक्रमण घट्दै जाने यो अध्ययन कहाँ भएको हो ?’

सांसद थापाले खोपको काम प्रशंसायोग्य रहेको भन्दै खोप व्यवस्थापन यति धेरै कमजोर किन ? भन्दै प्रश्न गरे ।

उनले कोरोना संक्रमण वृद्धि भइरहेको बेला भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर परीक्षा भइरहेको र संक्रमित विद्यार्थीहरू पनि अरूसँगै बसेर परीक्षा दिइरहेकोले संक्रमण बढ्न सक्ने बताए ।

Leave A Reply

Your email address will not be published.