लुम्बिनीमा ४२ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि दाबी पेश

0

बुटवल : लुम्बिनी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४ दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुखसामु मुख्यमन्त्रीको दाबी पेश गरेका छन् । गठबन्धनका ४१ र एक सुर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र सांसद अजय शाहीको गरि ४२ सांसदको हस्ताक्षर बुझाएको छ ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्‍याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख शेरचनले बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका थिए ।

सोही अनुसार ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको हो ।

मुख्यमन्त्रीमा प्रस्तावित केसी रोल्पा १ (क)बाट निर्वाचित हुन् । सत्ताबाट बाहिरिएको नेकपा एमालेले भने सरकारका लागि दाबी नगर्ने जनाएको छ ।

बुधबार अविश्वासको प्रस्तावमाथि छलफल हुनु अगाडि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका थिए ।

Leave A Reply

Your email address will not be published.