अफगानिस्तानका पाँच वटा प्रान्तीय राजधानी तालिबानको कब्जामा

0

एजेन्सी : अफगानिस्तानका तालिबान बिद्रोहीहरुले शुक्रबारयता पाँच वटा प्रान्तीय राजधानीहरूमा आफ्नो नियन्त्रण कायम गरेका छन् ।

देशव्यापी रूपमा नियन्त्रण बढाउने क्रममा पछिल्लो पटक विद्रोहीहरुले उत्तरतर्फको प्रमुख सहर कुन्दुजलाई नियन्त्रणमा लिएका हुन् ।

राजधानी काबुलसहित देशका अन्य भागहरूमा जोडिएको शहर कब्जालाई तालिबान विद्रोहीले ठुलो सफलता मानेका छन् ।

यसअघि नै उनीहरुले सार ए पोल र तालोकान सहरमा कब्जा जमाएका थिए । यसअघि नै उनीहरुले सेवरगान र जरागं शहर कब्जामा लिइसकेका छन् ।

अन्तर्राष्ट्रिय फौजल २० बर्षपछि अफगानिस्तान छाड्न थालेपछि त्यहा हिंसा चर्किएको छ । तालिबानले कब्जा गरेका शहर फिर्ता ल्याउन सरकारी सेनाले पनि आक्रमण जारी राखेको छ ।

अमेरिकाले पनि तालिबान रहेका क्षेत्रमा हवाई आक्रमणलाई तीव्र बनाएको छ । हेरात र कान्दाहार तथा लश्कर गाहमा दुईपक्षीय लडाइ भैरहेका छन् ।

युद्धका कारण हजारौँ नागरिकहरू विस्थापित भएका छन् । जारी हिंसालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढिरहेका छ । अन्तर्राष्ट्रिय समुदायले युद्धविरामको आह्वान गरेपनि बिद्रोहीले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.